२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि निस्किरहेछ धुवाँको मुस्लो (तस्बिरहरू)

Nada
२०८३ भदौ २९ गते १४:४५
Shares
हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि निस्किरहेछ धुवाँको मुस्लो (तस्बिरहरू)
तस्बिर : धनु भुसाल/नेपाल फोटो लाइब्रेरी

पूर्वी नवलपरासी : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ । पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा दुई वर्षअघि पहिरो गएको थियो । त्यही ठाउँमा जमिनमुनिबाट गत चैतदेखि निरन्तर धुँवा निस्किरहेको स्थानीय दानबहादुर राना मगरले बताए ।
 
करिब १८ वर्ष पहिले सोही क्षेत्रको दक्षिण भेगमा पनि धुँवाको मुस्लो निस्किएको थियो । केही समयपछि त्यहाँ आफैँ निभ्यो, अहिले फेरि अर्को ठाउँमा धुँवाा निस्किएको हो । ‘धुँवा अमिलो, वारुदजस्तो स्वादको मानेका छौँ । नजिकको बस्तीका बासिन्दालाई श्वास फेर्न गाह्रो बनाइसक्यो,’ उनले सुनाए ।

May be an image of crater and text that says "©madh ©madhyanhadaily. com"

धुँवाको मुस्लो निस्किरहेको ठाउँमा सुकेको घाँस, दाउरा राखिएमा आफैँ आगो बल्ने गरेको छ ।  हुप्सेकोट गाउँपालिका–६ फलाम खानी भएको क्षेत्र हो । अहिले धुँवा निस्किरहेको स्थानको तल्लो भागको खोला किनार सबै पहेँलो छ भने त्यहाँको पानी फिटकिरीको स्वादजस्तो छ । पहिले बाजेको पालामा त्यहाँ फलाम निकाल्ने र त्यसबाट खुकुरी निर्माण गर्ने गरिएको स्थानीय ७० वषिय गमबहादुर सुनारी मगरले सुनाए ।

पहिरो गएको स्थानमा गन्हाउने धुँवा निस्कनुले पेलेगामा बसोबास गर्ने ५ सय नागरिक जोखिममा रहेकाले अध्ययन गरी समाधान गर्नुपर्ने उनले बताए । ‘पानी परेको समयमा पनि धुँवा निस्कन रोकिँदैन, अनि रातभर जाग्रम बस्छौं, कतै बस्ती नै लैजाने हो कि आगो लागेर भन्ने डर लागिरहन्छ,’ उनले भने ।

May be an image of fog, waterfall and text

धुँवा निस्किएको ठाउँभन्दा करिब ५ सय मिटर टाढा पेलेगामा ४४ घरधुरी बस्छन् । पहिरोसँगै जमिनमुनिबाट निरन्तर धुँवा निस्कने क्रम नरोकिएपछि बस्ती नै जोखिम पर्ने चिन्ता स्थानीयको छ । यस क्षेत्र नजिकै धैवादी फलाम खानी छ । फलाम खानी नजिक भएको, ग्यास वा धातुको खानीसमेत हुनसक्ने हुँदा यसको तत्काल अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।

लामो समयदेखि स्थानीयले धँवा निस्किरहेको जानकारी गराएपछि विस्तृत अध्ययन गरेर वास्तविकता पत्ता लगाउन केन्द्र सरकारसँग अनुरोध गरिएको र आवश्यक समन्वय भैरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । ‘पानी परेको समयमा धुँवा झनै फैलिएको भन्ने जानकारी भएपछि स्थलगत अनुगमन गर्दा भासिएको जमिनमा धुँवा निस्किरहेको र वरपरका बोटविरुवा पोलिएको भेटियो । अब जमिनबाट धुँवा निस्कने विषय सामान्य होइन भनेर यसको कारण पत्ता लगाएर समाधानतर्फ लाग्छौँ,’ उनले भनिन् ।

May be an image of fire and text that says "©madhyanhadaily.com ©ma coT"

घाँगी भीरमा देखिएको असामान्य गतिविधिलाई सामान्य घटनाका रूपमा नलिन नवलपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजन गौतमले आकस्मिक समय लिएर सरकारको ध्यानाकर्षण गराएका थिए । खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गर्ने तयारी गरेको छ ।

May be an image of fire, tree and text that says "(. T ©madhy nhadaily.c @madhyanhadaily.com com"

May be an image of fire and text

May be an image of fire and text

May be an image of fire and text

May be an image of ‎fire and ‎text that says "‎eиK ل @madhyanhadaily.com com‎"‎‎

May be an image of one or more people, hornbill and tree

May be an image of text

May be an image of mountain, fog, waterfall and text that says "madhyanhadaily. com"

सम्बन्धित खबर