२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

शैक्षिक सुधारका लागि सुझाव संकलनमा शिक्षामन्त्री

Nada
घुरन यादव
२०८३ भदौ २९ गते १३:५१
Shares
शैक्षिक सुधारका लागि सुझाव संकलनमा शिक्षामन्त्री

सप्तरी : शैक्षिक सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले आइतबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सप्तरी पुगे । मन्त्री पोखरेलले सप्तरीका विभिन्न स्थानमा पुगेर शैक्षिक क्षेत्रको अवस्था तथा सुधारका विषयमा सुझाव संकलन गरिरहेका छन् । 

यसैक्रममा सप्तरीको मा.वि. सारस्वरमा शैक्षिक सुझाव संकलनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले शैक्षिक सुधार कसरी गर्न सकिन्छ, विद्यार्थीका लागि कस्तो पाठ्यक्रम सहज हुन्छ, कक्षाकोठामा विद्यार्थी बस्ने पर्याप्त सुविधा छ कि छैन तथा शिक्षकले प्रभावकारी रूपमा अध्यापन गरिरहेका छन् कि छैनन् भन्ने विषयमा जानकारी लिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोदे बरसाइनका मेयर आतिश,  शिक्षा अधिकृत रामसागर यादव, शिक्षा समन्वय एकाइ प्रमुख शशी यादव, वडाध्यक्ष शिवनारायण मुरिया तथा विभिन्न बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता बेचन यादवले गरेका थिए भने सञ्चालन धर्मदेव यादवले गरेका थिए । कार्यक्रममा सहभागीहरूले स्थानीय शैक्षिक अवस्थाबारे सुझाव तथा धारणा राखेका थिए ।
 

सम्बन्धित खबर