२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु

Nada
२०८३ भदौ २८ गते १७:२२
Shares
कृष्णभीरमा एकतर्फी यातायात सुचारु

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ ।

सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ । यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक खुलाइएको हो ।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।

सम्बन्धित खबर