२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

आयुर्वेद चिकित्सालयमा नस्य थेरापीप्रति आकर्षण, ३३१ जनाले लिए सेवा

Nada
रामहरि कार्की
२०८३ जेठ ५ गते १२:०६
Shares
आयुर्वेद चिकित्सालयमा नस्य थेरापीप्रति आकर्षण, ३३१ जनाले लिए सेवा

ललितपुर : आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा नस्य थेरापी सेवा प्रभावकारी उपचार विधिका रूपमा लोकप्रिय बन्दै गएको छ । चिकित्सालयका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ३ सय ३१ जनाले उक्त सेवा लिएका छन् ।

ncell

आयुर्वेदको प्राचीन उपचार पद्धति अन्तर्गत पर्ने नस्य थेरापी पञ्चकर्मको एक महत्वपूर्ण भाग हो । यस उपचार विधिमा औषधीय तेल, जडीबुटीको रस वा पाउडरलाई नाकमार्फत शरीरभित्र प्रवेश गराइन्छ । आयुर्वेदमा “नासा हि शिरसो द्वारम्” अर्थात् “नाक टाउकोको ढोका हो” भन्ने मान्यता रहेको छ । त्यसैले टाउको, घाँटी तथा मस्तिष्कसँग सम्बन्धित रोगहरूको उपचारमा नस्य कर्म उपयोगी मानिन्छ ।

चिकित्सालयकी कार्यालय प्रमुख डा. पुनम नेपालका अनुसार नस्य थेरापीले टाउको दुखाइ, माइग्रेन, साइनस, एलर्जी, नाक बन्द हुने समस्या तथा अनिद्रा जस्ता समस्यामा लाभ पुर्‍याउँछ । “यसले मानसिक तनाव र चिन्ता कम गरी मन तथा मस्तिष्कलाई शान्त बनाउन मद्दत गर्छ,” उनले भनिन् ।

उनका अनुसार नस्य थेरापीले कान, नाक, घाँटी, आँखा तथा टाउको क्षेत्रका इन्द्रियहरूको शुद्धीकरणमा समेत सहयोग पुर्‍याउँछ । साथै शरीरमा रहेको ‘प्राण वायु’लाई सक्रिय बनाउन र नाकको मार्ग सफा राख्न मद्दत गर्ने विश्वास गरिएको छ ।

उपचार प्रक्रियामा अनुभवी आयुर्वेदिक चिकित्सकको निगरानीमा बिरामीको अनुहार र घाँटीमा हल्का मसाज गरिन्छ । त्यसपछि नाकमा औषधीय तेल वा औषधिका थोपा हालिने चिकित्सालयले जनाएको छ ।

चिकित्सालयले नस्य थेरापी सेवाका लागि प्रतिदिन एक सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर