२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल (तस्बिरहरू)

Nada
२०८३ वैशाख ९ गते १३:२३
Shares
भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल (तस्बिरहरू)

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-३ मा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल निर्माण सम्पन्न गरेर ठेकेदारले हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसके पनि सञ्चालनमा आउन नसकेर अलपत्र परेको छ । अस्पताल सञ्चालनमा नआउँदा स्थानीयबासी उपचारका लागि बनेपा नै पुग्नुपर्ने बाध्यता छ ।

ncell

स्थानीय केशवबहादुर बस्नेत भन्छन्- 'भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म सञ्चालनमा आएको छैन । सुरक्षा गार्डसम्म राखिएको छैन । सिसिटिभी जडान भएको छ, तर चलाइएको छैन । झ्यालका सिसाहरु फुटेका छन् । पालिकाले जिम्मा लिएर अलपत्र छाडेको छ। हामीले भन्दा पनि सुन्दैनन् । अस्पताल सञ्चालनमा आए उपचारका लागि बनेपा पुग्नु पर्दैन । हस्पिटल आउने बाटो पिच गर्ने बजेट बाढी पीडितलाई बाँडिएको छ ।'

बेथानचोक गाउँपालिका-२ का सूचना अधिकृत ज्ञानप्रसाद तिमल्सिनाले बजेट अभावमा अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताए । आवश्यक सामग्री र जनशक्ति स्वास्थ्य मन्त्रालयसँग माग गरिएको पनि उनले बताए । उनले भने- '९ करोडमा ठेक्का लगाइएको थियो । बनाउनुपर्ने बनाइएको छ, ठेकेदारलाई कुनै दोष छैन । नपुगेका संरचना बनाउने, व्यवस्थापन गर्ने काम पालिकाको हो । तर बजेट अभावमा अरु काम हुन सकेको छैन । अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र जनशक्तिको माग स्वास्थ्य मन्त्रालयमा गरेका छौं । केही व्यवस्थापन गर्न सकिन्थ्यो तर बाढीपहिरोले गर्दा बजेट पुगेन । अब कम्तीमा संरक्षण गर्छौं ।'

ताजा खबर

सम्बन्धित खबर