२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

राजदेवी नगरपालिकाको ब्रह्मपुरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८० जना लाभान्वित

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख ५ गते १३:३४
Shares
राजदेवी नगरपालिकाको ब्रह्मपुरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८० जना लाभान्वित

रौतहट: जिल्लाको राजदेवी नगरपालिका वडा नं. ९ ब्रह्मपुरीमा एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजित उक्त शिविरमा ठुलो संख्यामा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

ncell

सामाजिक अभियन्ता नवीन कुमार सिंहको विशेष सक्रियता र पहलमा आयोजित यस शिविरलाई राजदेवी नगरपालिका वडा नं. ९ को वडा कार्यालय तथा स्वास्थ्य चौकी ब्रह्मपुरीले प्राविधिक र व्यवस्थापकीय समन्वय गरेका थिए ।


​
शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवीन कुमार सिंहले बिरामीहरूको स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरेका थिए । शिविरमा राजदेवी नगरपालिकाका विभिन्न वडाहरू ४, ५, ६, ७, ८ र ९ लगायत छिमेकी दुर्गा भगवती गाउँपालिकाका नागरिकहरूको समेत सहभागिता थियो ।

कुल सेवाग्राही: ८० जना ​महिला: ५६ जना​पुरुष: २४ जना ​स्वास्थ्य परीक्षणका क्रममा अधिकांश बिरामीहरूमा घुँडाको समस्या, बाथ रोग तथा कुरकुचाको दुखाइजस्ता समस्याहरू बढी देखिएको डा. सिंहले जानकारी दिए । कार्यक्रममा राजदेवी नगरपालिकाका उप–प्रमुख राजकुमारी देवी र समाजसेवी पवन किशोर साहको विशेष उपस्थिति रहेको थियो। उनीहरूले ग्रामीण स्तरमा यस्ता विशेषज्ञ सेवाहरू सञ्चालन हुनु प्रशंसनीय रहेको बताउँदै आयोजक तथा चिकित्सक टोलीलाई धन्यवाद ज्ञापन गरे ।

​शिविर व्यवस्थापनमा स्वास्थ्य चौकी ब्रह्मपुरीका स्वास्थ्यकर्मीहरू संजय केशरी, सञ्जु दास, राम प्रकाश यादव, र राम श्रेष्ठ यादवले सक्रिय भूमिका निभाएका थिए । त्यसैगरी नगरपालिकाका स्वास्थ्य संयोजक रमाकान्त यादव तथा स्थानीय युवाहरू रत्नाकर सिंह, सोनु दास, अमन बैठा लगायतले शिविरलाई व्यवस्थित बनाउन उल्लेखनीय योगदान पुर्‍याएका थिए । ​आफ्नै जन्मभूमिमा सेवा दिन पाउँदा खुसी व्यक्त गर्दै डा. नवीन कुमार सिंहले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता शिविरहरू विस्तार गर्ने प्रतिबद्धता जनाए । 

स्वास्थ्य संयोजक रमाकान्त यादव र स्वास्थ्यकर्मी संजय केशरीले विशेषज्ञ सेवालाई गाउँसम्म ल्याउने पहलको उच्च सम्मान गर्दै प्रशंसा गरे । ​सामाजिक अभियन्ता नवीन कुमार सिंहका अनुसार राजदेवी नगरपालिकाबाट विभिन्न स्थानमा कार्यरत विशेषज्ञ डाक्टरहरूलाई समेटेर आफ्नै पालिकामा सेवा प्रदान गर्ने अभियानको यो पहिलो चरण हो । उनले भने , 'हाम्रो उद्देश्य भनेको देशका विभिन्न भागमा रहेका दक्ष जनशक्तिलाई आफ्नो माटोसँग जोड्नु र स्थानीयलाई सहज स्वास्थ्य पहुँच पुर्‍याउनु हो । आगामी दिनमा अन्य विशेषज्ञ चिकित्सकहरूबाट पनि सेवा उपलब्ध गराउने हाम्रो योजना छ ।'
​
 

ताजा खबर

सम्बन्धित खबर