२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ईशानले मनायो विश्व बाल शल्यचिकित्सा दिवस

Nada
२०८२ चैत २४ गते २०:५४
Shares
ईशानले मनायो विश्व बाल शल्यचिकित्सा दिवस

काठमाडौं : ईशान बाल तथा महिला अस्पतालले मंगलबार विश्व बाल शल्यचिकित्सा दिवस मनाएको छ । दिवसको अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रामनन्दन चौधरीले बालबालिकाका विभिन्न स्वास्थ्य समस्याहरूको प्रभावकारी उपचारका लागि मात्र नभई जटिल अवस्थामा उनीहरूको ज्यान जोगाउन समेत बाल शल्यचिकित्साको विशेष महत्व रहेको बताइन् । 

ncell

डा.चौधरीले ईशान अस्पतालले प्रदान गर्दै आएका बाल शल्यचिकित्सा सेवाहरूबारे विस्तृत जानकारी दिइन् । जन्मपूर्वको निदान र परामर्श, नवजात शिशुको शल्यक्रिया, अर्बुद रोग (अन्को) शल्यक्रिया, इन्डोस्कोपी, कोलोनोस्कोपी, तथा बर्न तथा रिकन्स्ट्रक्टिभ शल्यक्रिया आदि पर्दछन् । उनले अस्पतालले नेपालका साथै विदेशका बिरामीहरूलाई समेत सफलतापूर्वक सेवा प्रदान गरिरहेको उल्लेख गरिन् । 

‘हाम्रो उच्च स्तरको उपचार सेवाका कारण उल्लेख्य संख्यामा विदेशी नागरिकहरू पनि यहाँ आउने गर्छन्, अस्पतालले देशको स्वास्थ्य पर्यटन प्रवद्र्धनमा पनि सक्रिय रूपमा योगदान पुर्‍याइरहेको छ,’ उनले भनिन् ।

वि.सं. २०५२ (सन् १९९५) मा नेपालको पहिलो गैर–सरकारी बाल अस्पतालको रूपमा स्थापना भएको ईशान हाल धापासीस्थित विश्व स्वास्थ्य संगठनको मापदण्ड  तथा आईएसओ ९००१ः२०१५ प्रमाणित अस्पताल हो । 

ताजा खबर

सम्बन्धित खबर