२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

संसदीय समितिद्वारा चलचित्र विधेयकको मस्यौदा प्रतिवेदन पारित

Nada
२०८२ माघ १२ गते १५:२३
Shares
संसदीय समितिद्वारा चलचित्र विधेयकको मस्यौदा प्रतिवेदन पारित

काठमाडौं : संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

ncell

सोमबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् ।

उनले भनिन्, ‘२०२६ सालमा बनेको ऐेनलाई हामीले हरेक दफाहरुमा हेरेर समसामयिक बनाउने प्रयास गरेका छौं । र त्यो अनुरुप यो विधेयक परिमार्जित भएको छ । धेरै संशोधनहरुलाई स्विकार पनि गरिएको छ । अहिले जुन यो डिजिटलको युग छ । त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौं ।’

विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ । सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर