२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

नयाँ दिल्लीमा डब्लूएचओको दोस्रो शिखर सम्मेलन आजदेखि  

Nada
२०८२ पुष २ गते ११:४७
Shares
नयाँ दिल्लीमा डब्लूएचओको दोस्रो शिखर सम्मेलन आजदेखि  

काठमाडौँ : भारतको नयाँ दिल्लीमा आजदेखि डब्लूएचओको दोस्रो शिखर सम्मेलन सुरु हुने भएको छ । 

ncell

नयाँ दिल्लीमा पुस २ देखि ४ गतेसम्म परम्परागत चिकित्सासम्बन्धी दोस्रो डब्लूएचओ शिखर सम्मेलन आयोजना  हुन लागेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जन केन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पुर्‍याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।

सन् २०२३ मा सम्पन्न पहिलो सम्मेलनको सफलता र ऐतिहासिक गुजरात घोषणापत्रको आधारमा सन् २०२५ को सम्मेलनले परम्परागत चिकित्सा प्रणालीलाई आकार दिने विज्ञान र ज्ञानका विषयमा गहिरो छलफल गर्ने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर