२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कसले दियो उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की ? 

Nada
२०८२ मंसिर १८ गते १७:४६
Shares
कसले दियो उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की ? 

काठमाडौं : ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’का अध्यक्ष दाबी गर्ने प्रकाश पाठकले १० जना उच्चपदस्थ व्यक्तिलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । धम्की पत्रमा अख्तियार प्रमुख प्रेमकुमार राई, पूर्व परराष्ट्र मन्त्री आरजु राणा, पूर्व गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतको नाम छन् । 

ncell

पत्रमा पाठकले आफूले कारागारबाट भागेका कैदीलाई प्रयोग गरेर आक्रमण गर्ने र १० दिनभित्र राजीनामा नदिए हमला गर्ने चेतावनी दिएका छन् । यी इमेलहरू केही दिनअघि नै आएका थिए र नेपाल प्रहरीका विभिन्न युनिटहरूले खोजी बढाएका छन् । एक प्रहरी अधिकारीका अनुसार इमेल पठाउने व्यक्ति नेपालमै नभएको देखिन्छ ।

पाठकले आफ्नो फेसबुकमा भिडियो राख्दै आफू समूहको अध्यक्ष भएको र लक्ष्यित १० जनामाथि हत्या योजना बनाएको बताएका छन् । उनले भारतका विभिन्न स्थानमा लुकेर बसेको र प्रहरीले आफ्नो खोजी गरिरहेको दाबी पनि गरेका छन् । उनले प्रेम राईलाई सीधै ज्यान सुरक्षा गर्न चेतावनी दिँदै आफूलाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर