२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण थालनी

Nada
२०८२ मंसिर १८ गते १५:४२
Shares
भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण थालनी

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ नामक नयाँ निवास निर्माण थालिएको छ । 

ncell

कुटीको शिलान्यास ओली पत्नी राधिका शाक्यले गरेकी छिन् । जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली गुण्डुमा भाडाको घरमा बस्दै आएका थिए । 

अहिले उनी बस्दै आएको घर नजिकै स्थानीयले उपलब्ध गराएको करिब एक रोपनी जमिनमा कुटी निर्माण हुँदैछ । कुटीमा बैठक कक्ष, पुस्तकालय, ग्रीनहाउस र कौशीखेतीको सुविधा रहनेछन् ।

ताजा खबर

सम्बन्धित खबर