२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

चौरजहारीमा तीनदिने व्यावसायिक विकास योजनासम्बन्धी तालिम सम्पन्न

Nada
प्रचण्ड खत्री
२०८२ मंसिर १० गते १८:४०
Shares
चौरजहारीमा तीनदिने व्यावसायिक विकास योजनासम्बन्धी तालिम सम्पन्न

रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) अन्तर्गत सञ्चालित राइज–अप परियोजनाद्वारा तीनदिने व्यावसायिक विकास योजनासम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिम अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यलाई लक्षित गर्दै आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिए ।

ncell

नगरपालिकाको वडा नम्बर १ स्थित होटल मिड भ्यालीमा आयोजित तालिममा २८ जनाको सहभागिता रहेको थियो । उद्यमशीलता विकास तथा व्यवसायिक योजना निर्माणसम्बन्धी ज्ञान, सीप र व्यवहारिक क्षमता वृद्धि गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको थीयो ।

तालिमको सहजीकरण कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख भरत बहादुर बस्नेत, बाली संरक्षण अधिकृत अगृम धिताल तथा एचडिसीएसका विपद् जोखिम न्यूनीकरण (डिआरआर) संयोजक विमल विकले गरेका थिए । सहभागीहरूलाई उद्यमशीलताको अवधारणा, व्यवसाय पहिचान तथा छनोट, व्यवसायिक योजना निर्माण, लागत–नाफा–नोक्सान विश्लेषण, बजारीकरण रणनीति, स्थानीय स्रोत साधनको उपयोग तथा व्यवसाय सञ्चालनमा सम्भावित जोखिम व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना अधिकृत जैसीले जानकारी दिए ।

तीनदिने तालिमको उद्घाटन चौरजहारी नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा विएमले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, चौरजहारी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पोखरेलसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

तालिमपछि सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा लागू गर्दै साना तथा मझौला व्यवसाय सुरु गर्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन् । तालिमले सहभागीहरूको जीविकोपार्जन सुधारका साथै दीर्घकालीन आर्थिक सशक्तिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर