२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा नेपाल

Nada
२०८२ मंसिर १० गते ०९:०३
Shares
आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा नेपाल

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधवारदेखि संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।

ncell

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रमअन्तर्गत आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको हो ।

जसपा नेपालले मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।

त्यसै गरी मंसिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दा अंकित प्लेकार्ड, ब्यानरसहित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मंसिर २७ गते देखि पौष ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा/जनसभा आयोजना गर्ने बताइएको छ ।

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते भैरहवामा तय गरिएको जसपा नेपालले प्रेस नोटमा उल्लेख गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर