२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

डोल्पामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

Nada
२०८२ मंसिर ९ गते १८:१७
Shares
डोल्पामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

डोल्पा : डोल्पाका विभिन्न स्थानीय तहमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारदेखि सुरु भएको छ । ‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं' भन्ने मूल नाराका साथ डोल्पामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भयो हो ।

ncell

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा समेत शुभारम्भ गरिएको छ । 

नगरपालिकाको वास एकाई शाखा (सुस्वा)को आयोजना तथा त्रिपुराकोट प्रहरी चौकीको साझेदारीमा मंगलबार पालिकाको प्रशासनिक केन्द्र समेत रहेको त्रिपुराकोट बगर बजारमा विभिन्न नाराका प्ले-कार्डसहित १६ दिने अभियानको सुरुवात गरिएको वास एकाई शाखाका प्रमुख धनप्रसाद बुढाले जानकारी दिए । 

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको हो । 

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएको भएपनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिकलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो । 

महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैंगिक हिंसाविरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैंगिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैंगिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर