२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

दुुर्गा प्रसाईं थुुनामुुक्त 

Nada
२०८२ मंसिर ७ गते १८:५९
Shares
दुुर्गा प्रसाईं थुुनामुुक्त 

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । 

ncell

आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो ।

अदालतको आदेशमा अभिव्यक्तिका कारण मात्र प्रसाईंलाई थुनामा राखिनु संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हुने उल्लेख गरिएको छ । साथै शनिबार सरकारसँग  महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न सहमति भइसकेकाले बदलिएको परिस्थितिमा प्रसाईंमाथि लगाइएको कसुरमा थप तहकिकात वा हिरासत आवश्यक नपर्ने ठहर गर्दै जारी गरिएको पक्राउपुर्जी तथा म्याद थपका प्रक्रियाहरू बदर गरिएको समेत उल्लेख छ । 

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंसिर २ गते मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।  महाअभियानले ७ मङ्सिरदेखि नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर शनिबार सरकारसँग भएको सहमतिअनुसार आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएका छन् ।

ताजा खबर

सम्बन्धित खबर