
काठमाडौं : कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज (आइतबार, मंसिर ७) साँझ ५ः१९ मिनेट जाँदा ४ ‘रेक्टरस्केल’को भूकम्पको धक्का महसुस गरिएको हो ।
यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।