२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

सामूहिक रुपमा उठेनौं भने यो देश जनताको नरहन सक्छ : सन्तोष परियार

shivam cement
२०८२ मंसिर ७ गते १३:५४
Shares
सामूहिक रुपमा उठेनौं भने यो देश जनताको नरहन सक्छ : सन्तोष परियार

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकताबद्ध नभए देश जनताको नरहन सक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले सधैं गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताए ।

संकटको घडीमा सबै एक हुनुपर्ने उनले बताए । इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको उनले बताए । अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘हामी सधैं किन गरिब भइरहन्छौं भन्दा हाम्रा नेतृत्व गर्नेहरू, राजनीति गर्नेहरूले देश र जनतालाई केन्द्रमा राखेर राजनीति नगर्दा हामी आज यस ठाउँमा पुगेका छौं । संकटको यो घडीमा हामीले सामूहिकतामा जोड दिएनौं भने र सामूहिक रुपमा उठेनौं भने यो देश देश जस्तो नरहन सक्छ । यो देश जनताको नरहन सक्छ । इतिहासमा कहिल्यै हामीले जनताको बनाउन सकेनौं । तसर्थ अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले यो देशको संकट मोचन गर्नुपर्नेछ ।’

अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको उनले उल्लेख गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर