२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बागमती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

Nada
२०८२ मंसिर ६ गते १३:५६
Shares
बागमती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बागमती करिडोरलाई  सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । 

ncell

आज बिहान बागमती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले बागमती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिएका हुन् । 

मन्त्री घिसिङले नदी सफा भए मात्र शहर सफा हुने भन्दै बागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमिकताका साथ हटाइने बताए। 

नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिएको उनको निजी सचिवालयले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर