२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कान्तिलोकपथ सडक अवरुद्ध

Nada
२०८२ मंसिर ६ गते १०:१४
Shares
कान्तिलोकपथ सडक अवरुद्ध

बागमतीः सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

ncell

वीरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड लिइ जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल लिइ अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौं गुडेको र काठमाडौंबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन् । दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको उनले बताए ।  

ताजा खबर

सम्बन्धित खबर