२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

साउदीको पूर्वी प्रान्त दम्माममा ४६१ जना सेवाग्राहीलाई नवीकरण भएका राहदानी वितरण

Nada
२०८२ मंसिर ५ गते १०:१२
Shares
साउदीको पूर्वी प्रान्त दम्माममा ४६१ जना सेवाग्राहीलाई नवीकरण भएका राहदानी वितरण

दम्माम, साउदी अरब : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्य र नेपाली राजदूतावास, रियादको आयोजनामा आयोजित राहदानी वितरण शिविर दम्माममा सफलतापूर्वक सम्पन्न भएको छ ।

ncell

१४ नोभेम्बर २०२५ मा आयोजित उक्त शिविरमा कुल ४६१ जना सेवाग्राहीलाई नवीकरण भएर आएका राहदानी हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र मानिने पूर्वी प्रान्त दम्माममा बसोबास र रोजगारी गर्ने नेपालीहरूको सुविधाका लागि यो शिविर विशेष रूपमा आयोजना गरिएको हो ।

राहदानी वितरणका लागि नेपाली दूतावास, रियादका प्रथम सचिव टिका शर्माले टोलीको नेतृत्व गरेका थिए । दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा टाइम्स ट्राभल, दम्माममा सेवा सहज र व्यवस्थित रूपमा प्रदान गरिएको थियो।

शिविर सफल बनाउन विभिन्न स्थानीय संघ–संस्थाहरूसँग समन्वय गरी आवश्यक व्यवस्थापन, सहयोग र प्रविधिक सहायता जुटाइएको थियो। सेवाग्राहीहरूले लामो दूरीबाट आउनुपर्ने असुविधा घटेको र छिटोछरितो सेवा पाएर राहत महसुस भएको बताउनुका साथै यस्तो शिविर निरन्तर सञ्चालन हुनुपर्ने माग राखेका छन्।

कार्यक्रमका संयोजक संस्था एनआरएनए साउदीका अध्यक्ष उमेश भट्टराईले राहदानी वितरणमा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा पनि प्रवासी नेपालीको हितमा यस्ता सेवा–मुखी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

ताजा खबर

सम्बन्धित खबर