२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Nada
२०८२ असोज २९ गते १८:३५
Shares
पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेपमार्फत ल्याइएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

ncell

अदालतको आदेशमा भनिएको छ, "यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहेको अवस्थाको विद्यमानता नदेखिई कसुरदार देखिने आधार भएको र उनलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने ।"

महराविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेललाई फोन गरेको बयान, महराका छोराको बयान र सम्बन्धित कागजातहरूले उनलाई कसुरदार ठहर गर्न नसकिने अवस्था नभएको अदालतले ठहर गरेको छ । यी प्रमाणहरूले महराले भेपमा लुकाएर ल्याइएको सुन भन्सारबाट छुटाउन दबाब दिएको देखाएको हो ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागसहित ३ वर्षभन्दा बढी कैद सजायको दाबी गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत आइतबार महरालाई पक्राउ गरेको थियो । मंगलबारदेखि थुनछेक बहस सुरु भए पनि पूर्ण बयान र बहस बुधबार मात्र सम्पन्न भएको थियो ।

सम्बन्धित खबर