२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुशीसाथ छोड्छुः ओली

Nada
२०८२ असोज २९ गते १४:२४
Shares
कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुशीसाथ छोड्छुः ओली

काठमाडौंः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् । बुधवार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे । 

ncell

आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए । अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताए। उनले आफू व्यक्तिगत इच्छाले नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरे । 

अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिए ।  

सम्बन्धित खबर