२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

जापानमा भालुको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते

Nada
२०८२ असोज २२ गते १४:२९
Shares
जापानमा भालुको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते

काठमाडौंः जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिसहरू घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फेला परेको अधिकारीहरूका साथै मिडिया रिपोर्टहरूले बुधबार जनाएका छन् ।

ncell

पछिल्लो समयमा जापानका आवासीय क्षेत्रहरूमा घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारकहरूका कारण अत्यधिक जङ्गली भालुहरू देखिएका छन् ।

सार्वजनिक प्रसारणकर्ता एन.एच.के.ले प्रहरीलाई उद्धृत गर्दै अर्को छुट्टै भालु आक्रमण परी उत्तरी इवाटे क्षेत्रको पाहाडमा बुधबार एकजना मानिस मृत फेला परेको जनाएको हो ।

सुपरमार्केट पाहाडी क्षेत्रहरूको नजिक भएता पनि यस अघि कहिल्यै भालुहरू यसरी मानिसहरु नजिक नआएको किराना पसल सङ्घका व्यवस्थापन योजना अधिकारी हिरोशी होरिकावालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

भालु पसलको मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गरी लगभग चार मिनेट भित्रै आक्रमण गरेको उहाँले जनाउनु भएको छ । पसलका सञ्चालकले स्थानीय मिडियालाई बताए अनुसार त्यस समयमा करिब ३० देखि ४० जना ग्राहकहरू भित्र भएका कारण बाहिर निस्कन गाह्रो भएकाले भालु धेरै आक्रोशित भएको थियो ।

वातावरण मन्त्रालयका अनुसार जापानमा अप्रिल र सेप्टेम्बरको बिचमा राष्ट्रव्यापी रुपमा १०८ जना मानिसहरू भालुको आक्रमणका कारण घाइते भएका थिए भने पाँच जनाको मृत्यु भएको थियो ।

मङ्गलबार पनि, इवाटे क्षेत्रका एक किसानलाई उनकै घर बाहिर एउटा बच्चासहित भालुले आक्रमण गरेको जनाइएको छ । मध्य जापानको सुन्दर शिराकावा–गो गाउँको बस स्टपमा आइतबार एक स्पेनी पर्यटकलाई भालुले आक्रमण गरेको थियो । एजेन्सी  

ताजा खबर

सम्बन्धित खबर