२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

जाँचबुझ आयोगको निष्पक्षतामाथि बार एशोसियसनले उठायो प्रश्न 

Nada
२०८२ असोज २१ गते १६:५७
Shares
जाँचबुझ आयोगको निष्पक्षतामाथि बार एशोसियसनले उठायो प्रश्न 

जेनजी आन्दोलनमा भएको मानविय एवं भौतिक क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको निष्पक्षताप्रति नेपाल बार एसोसियसनले प्रश्न उठाएको छ । 
आयोगका अध्यक्ष रहेका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको पूर्वधारणाले निष्पक्षतामा आँच आउन सक्नेभन्दै बारले आश्वस्त हुन नसकिने बताएको हो । 

ncell

महासचिव केदारप्रसाद कोइरालाले मंगलबार विज्ञप्ति जारी गरी कार्कीको पूर्वधारणाले निष्पक्षतामा आँच आउनसक्ने भनेको हो । बारको विज्ञप्तिमा भनिएको छ,  ‘गत भदौ २३ गते भएको जेनजीको आन्दोलन र भदौ २४ गते भएको तोडफोड आगजनी, लुटपाटसमेतको घटनाउपर छानबिन गर्न गठित आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन। यस्तो गम्भीर घटनालाई छानबिन गर्न नेपाल सरकारले औपचारिकता मात्र निर्वाह गर्न खोजी विषयवस्तुलाई हल्का रूपमा लिएको आमधारणा बनिरहेको छ। यसबाट आयोगको प्रतिवेदनले समेत विश्वसनीयता गुमाउनेछ ।’    

ताजा खबर

सम्बन्धित खबर