२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

फिदिम दुर्घटना : उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ

Nada
२०८२ असोज १८ गते १३:२४
Shares
फिदिम दुर्घटना : उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ

पाँचथर : फिदिम नजिक तमोर नदी किनारमा भएको सवारी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

ncell

दुर्घटनाको खबर प्राप्त भएपछि फिदिमस्थित नेपाली सेनाको टोली तत्काल उद्धारका लागि गएको प्रहरीले जनाएको छ । घटनास्थल फिदिम बजारबाट करिब २० किलोमिटर टाढा रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गाडी करिब पाँच सय मिटर तल खसेको थियो । पानी परिरहेको र उद्धारका लागि स्थानीय बासिन्दा पनि घटनास्थलतर्फ गइरहेको जनाइएको छ ।

पाँचथरका डिएसपी अनिश कुमार कर्णका अनुसार दुर्घटना स्थलतर्फ प्रहरीको टोली खटिई सकिएको छ ।

सम्बन्धित खबर