२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

पर्ख र हेरको अवस्थामा निजी क्षेत्र

shivam cement
छबि सापकोटा
२०८२ असोज १ गते ०६:२०
पर्ख र हेरको अवस्थामा निजी क्षेत्र

काठमाडौं : जेनजी आन्दोलनबाट खर्बैंको क्षति बेहोरेका निजी क्षेत्र पर्ख र हेरको अवस्था रहेका छन् । सरकारबाट तत्काल राहत र सहुलियतको कर्जा अपेक्षा गरेका निजी क्षेत्र उठ्ने प्रयास गरेका छन् । व्यवयायीहरू अझै पनि हार खाएका छैन तर सरकारको निजी क्षेत्रलाई मनोबलब बढाउने काम गरे लगानीको वातावरण बन्ने आशामै छन् । निजी क्षेत्रको क्षति र व्यवसायी समस्या सुन्न मंगलबार अर्थमन्त्री रामेश्वर खनाल निरीक्षणमा भएकाबेला व्यवसायीले सरकारसँग सहुलियत कर्जाको अपेक्षा गरेका छन् । 

लामो समय अर्थ प्रसाशनको भूमिका रहेका अर्थमन्त्री खनालले निजी क्षेत्रलाई उकास्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । अर्थमन्त्री खनालले भाटभटेनी, थापाथलीमा रहेका गाडीका सोरुमसहित विभिन्न संरचनाको निरीक्षणसमेत गरेका छन् । लगानीको वातावरण बढ्दै गएको अवस्था भएको जेनजी आन्दोलनमा निजी क्षेत्रलाई लक्षित गरेर भएको आक्रमणले लगानीकर्तामा निराशा छाइरहेको छ । यस्तै, लगानी गर्ने वातावरण बनाउन सरकारले राहतको प्याकेज दिएर भएर पनि स्वदेशी लगानीकर्ता दिनुपर्ने व्यवसायीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘यो अवस्थामा मूल्य अभिवृद्धि कर दर घटाउने वा उपभोग्य वस्तुमा न्यून दर लागू गर्ने, भारतीय पर्यटक आकर्षित गर्न विशेष प्याकेज घोषणा गर्नु उपर्युक्त हुन्छ । कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जा आवश्यक छ साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिन्छ ।’ नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले वर्तमान परिस्थतिमा व्यवसायीको आत्मविश्वास मजबुत बनाउँदै पुनःउत्थानमा जुट्नुपर्ने बताउँछन् । निजी क्षेत्रले अर्थतन्त्र थामेको हुँदा मनोबल बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको ठुलो योगदान रहको चर्चा गर्दै व्यवसायीको आत्मबल उठाउँदै अघि बढ्नुपर्ने आवश्यता रहेको बताए । सरकारले क्षतिको आंकलन गरी पुनर्निर्माणका लागि सरकारले कोष खडा गरिसकेको छ । सरकारले निजी क्षेत्र तत्काल राहत हुने स्वरूप राजस्व विवरण बुझाउने समय एक महिना थप गर्ने निर्णय गरेको छ । आन्दोलनका निजी क्षेत्रमध्ये सबैभन्दा धेरै क्षति चौधरी ग्रुपको सिजीपार्क, थापाथलीमा रहेका अटो सोरुम, एनेसल अफिस, भाटभटेनी १२ वटा शाखा, चन्द्रागिरि हिल्स, हिल्टन, हायात होटलसहित दुई दर्जन होटलमा क्षति भएको छ । तोडफोड र क्षतिको बीचमा फेरि उठ्न खोजिरहेको निजीको मनोबल बढाउन भए पनि तत्काल गर्न सक्ने राहतको प्याकेज ल्याउनुपर्ने निजी क्षेत्रको माग छ ।

ADV

सम्बन्धित खबर

Advertise