काठमाडौंः चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका–५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद भट्टराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८२ भदौ १३ गते उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–५ श्रीटोलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।