२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छ : मन्त्री न्यौपाने

shivam cement
मध्यान्ह
२०८२ भदौ २० गते १४:१४
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छ : मन्त्री न्यौपाने

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।

उनले अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको उल्लेख गर्दै अझै केही समय लाग्ने स्पष्ट पारिन् । उनले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि गरिन् । स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको उनले बताइन् ।

सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुने भन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनले बताइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise