२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित

shivam cement
दिवाकर अधिकारी
२०८२ भदौ २० गते ०६:३०
प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अनिश्चित भएको छ । यही भदौ ३१ गतेबाट भारत भ्रमण हुने भनिएको थियो । तर बिहीबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणको मितिबारे परराष्ट्र मन्त्रालय मौन छ । 

सामाजिक सञ्जालमा कतिपयले प्रधानमन्त्रीको भमण तत्काल नहुने भनेर समेत लेख्न थालेका छन् । सामाजिक प्रयोगकर्ता मदन रेग्मीले ‘प्रधानमन्त्री ओली भारत नजानुहुने भयो’ भनेर लेखेका छन् । लिपुलेकबारे कुरा उठाएपछि भारत चिढिएको हुन सक्ने उनको आशंका छ । 

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गरेका छन् । यस्तो सहमतिबारे नेपालले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुँदा यो विषय उठाएका थिए । 

जवाफमा चिनियाँ राष्ट्रपति सीले लिपुलेकको विषय नेपाल र भारतको विषय भएको र यो विवादमा आफू पर्न नचाहेको भनेर पन्छिएको भनिएको छ । यस्तोमा अब नेपालले भारतसँग पनि चीनसँग जस्तै गरी लिपुलेकबारे चीन र भारतको सहमतिप्रति आपत्ति जनाउँछ कि जनाउँदैन भन्ने चासो रहेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले चीनमा जस्तै गरी भारत भ्रमणमा समेत प्रधानमन्त्री ओलीले लिपुलेकबारे नेपालका तर्फबाट प्रस्ट अडान राख्नुपर्ने बताएका थिए ।

‘ऐतिहासिक तथ्यहरूसहित प्रधानमन्त्री ओलीले जसरी चीनका राष्ट्रपतिसँग आपत्ति जनाउनुभयो । त्यसैगरी भारत भ्रमणमा पनि कुरा उठाउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भनेका थिए । 

यहीबेला प्रधानमन्त्रीको भारत भ्रमण नै अनिश्चित हुन पुगेको कूटनीतिक वृतमा चर्चा छ । 

यसअघि भारतीय विदेशसचिव विक्रम मिश्रीले काठमाडौं नै आएर प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता दिएका थिए । तर, कहिले भ्रमण गर्ने भनेर मिति तोकेका थिएनन् । 

२ भदौमा काठमाडौं आएर भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । सो भेटमा भ्रमणको निम्तो गरिए तापनि मिति तोकिएको थिएन । 

भारतीय विदेशसचिव मिश्री नेपालबाट फर्किएको दुई दिनपछि लिपुलेक नाका हुँदै व्यापार गर्न भारत र चीनका विदेशमन्त्रीस्तरमा सम्झौता भएको थियो । त्यसपछि नेपालमा सो सहमतिको विरोध भयो । राजनीतिक दल र नागरिक समाजले सरकारलाई विरोधमा उत्रन र कूटनीतिक पहल गर्न आग्रह गरे । सरकारले कूटनीतिक नोटमार्फत विरोध जनायो । यसले प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित बनाएको कतिपयको शंका छन् । 

ADV

सम्बन्धित खबर

Advertise