२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

Nada
२०८२ भदौ १८ गते ११:४९
Shares
बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

बझाङ : बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ ।

ncell

सुर्मा गाउँपालिका-३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले बताए ।

उनका अनुसार सुर्मा गाउँपालिका-३ कोलपाटा भन्ने स्थानमा बुधबार बेलुका साँझ ८ बजे जेसिबी पल्टिँदा जेसिबी चालक कैलालीको धनगढी उपमहानगरपालिका-३ का रणबहादुर नेगीको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा सुर्मा गाउँपालिका-३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर