काठमाडौंः राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघिय निजामति सेवा विधेयक पारित गरेको छ ।
समितिको मंगलबार बसेको बैठकले संघिय निजामति सेवा विधेयक २०८० को मस्यौदा प्रतिवेदनमाथी छलफल गरेर विद्येयक पारित गरेको हो । बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले विद्येयक पारित भएको घोषणा गरेकी हुन् ।
सभापति दाहालले विधेयकलाई समिति अन्तरगत रहेको उपसमितिले अन्तिम रुप दिएपछि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पेस गर्ने जानकारी दिइन् ।