२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

जापानिज इन्सेफ्लाइटिस तराई त्रसित,  ११ महिनामा २३ जनाको मृत्यु

shivam cement
मुकुन्द लामिछाने
२०८२ भदौ १७ गते ०७:५२
जापानिज इन्सेफ्लाइटिस तराई त्रसित,  ११ महिनामा २३ जनाको मृत्यु

काठमाडौं : जापानिज इन्सेफ्लाइटिस नामक संक्रमणले तराई क्षेत्रमा बसोबास गर्ने नागरिकहरू त्रसित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तराईका ३६ जिल्लामा जापानिज इन्सेफ्लाइटिस संक्रमण फैलिइसकेको छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष यसको संक्रमण फैलिनेक्रम तीव्र रहेको छ । 

यस संक्रमणबाट सन् २०२५ को ११ महिनामा २३ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै तराई क्षेत्रका जिल्लाका नागरिक हुन् । संक्रमणबाट मृत्यु भएकामध्ये अधिकांश ४० वर्ष माथिका छन् । 

परिवार कल्याण महाशाखाकाअन्तर्गतको खोप शाखाका अनुसार विगतका वर्षमा जेई संक्रमण देखिए पनि मृत्युदर उच्च थिएन । पछिल्लो वर्ष मृत्यु हुनेको संख्या बढेको हो । अघिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिसबाट २५ जनाले ज्यान गुमाएका थिए । यस वर्ष मृत्यु हुनेको संख्या बढेको हो । यस वर्ष यस संक्रमणबाट लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती प्रदेशका नागरिक प्रभावित भएका छन् । 

३६ जिल्लामा संक्रमण फैलिसकेको पुष्टि भएको छ । 

बर्दिया, कावासोती, रत्ननगर, कालिका, राप्ती, कपिलवस्तु, माडी, कृष्णनगर, हरिवन, लहान, भद्रपुर, उल्लाबारी र गौरीगन्जका १ सय १३ जना बासिन्दा संक्रमित छन् । 

सरकारले संक्रमण कम गर्न खोप लगाउने गरेको छ । मृत्यु हुने अधिकांशले खोप नलगाएको पाइएको सरकारी अधिकारी बताउँछन् । जापानिज इन्सेफ्लाइटिस तराई क्षेत्रका नागरिक त त्रसित छँदै छन् । तराईबाट विस्तारै पहाडतिर समेत फैलिँदो छ । तामक्रमको वृद्धिले तराईबाट विस्तारै पहाडतिर समेत फैलिएको हो । यो संक्रमण लामखुट्टेले फैलाउँछ । चिकित्सकहरूका अनुसार लामखुट्टे सुरुमा जापानिज इन्सेफ्लाइटिस संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्छ । त्यस्ता लामखुट्टेले मान्छेलाई टोक्छ र जापानिज इन्सेफ्लाइटिस संक्रमण फैलाउँछ । 

जापानिज इन्सेफ्लाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमित हुन्छ र त्यसपछि मानिसमा संक्रमण सर्छ ।
पहिले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा जेई संक्रमण देखिन्थे । विस्तारै झापा, मोरङ, उदयपुरलगायतका ठाउँहरूमा देखिए । पछिल्लो समय पहाडमा समेत देखिन थालेको हो । यसलाई न्यूनीकरण गर्न भनेर सरकारले सन् २००६ देखि खोप दिन सुरु गरेको हो । तथापि संक्रमण फैलिनेक्रम भने रोकिएको छैन । 
 

ADV

सम्बन्धित खबर

Advertise