२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

‘गुणस्तरीय शिक्षामा सम्झौता नगरौं’

Nada
२०८२ भदौ १५ गते २१:३९
Shares
‘गुणस्तरीय शिक्षामा सम्झौता नगरौं’

महोत्तरी : मधेश प्रदेश सभा सदस्य शारदादेवी थापाले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नहुने भन्दै शिक्षा भनेको सामाजिक रुपान्तरणको मेरुदण्ड भएको बताएकी छन् । 

ncell

बर्दिवासमा आयोजित कार्यक्रममा उनले ग्लोबल एकेडेमीले प्रदेशमै शिक्षाको नयाँ अध्याय सुरू गरेको उल्लेख गरिन् । शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा थापाले राजधानीतर्फ मात्र शिक्षाको केन्द्रित सोच त्यागेर प्रदेशकै निजी विद्यालयलाई सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । 

उनका अनुसार राजधानी धाउनुपर्ने बाध्यता घट्दै गएको र प्रदेशकै विद्यालयले प्रतिस्पर्धी स्तरमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन थालेको तथ्य आशाजनक छ ।

ग्लोबल एकेडेमीले आयोजना गरेको उक्त कार्यक्रममा बर्दिबास नगर प्रमुख प्रलाद क्षेत्री र मिथिला नगरकी उप–प्रमुख सुनिता सिंह बुढाथोकी विशेष अतिथिका रूपमा सहभागी भए । उनीहरूले पनि विद्यालयले शैक्षिक गुणस्तर कायम गर्दै स्थानीय विद्यार्थीलाई राजधानीमै निर्भर रहन नपर्ने वातावरण सिर्जना गरेकोमा प्रशंसा गरे ।

विद्यालयका प्राचार्य विश्वराज वाग्लेले पढ्न चाहने तर आर्थिक कारणलेपछि पर्नुपर्ने विद्यार्थीलाई पनि अवसर उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरे । 

उनका अनुसार ग्लोबल एकेडेमीले आर्थिक अवस्था जे भएपनि योग्य विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नहुने सुनिश्चित गरेको छ । सञ्चालक अर्जुन क्षेत्रीले भने विद्यालयले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने स्पष्टीकरण दिँदै आफूहरूले प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको हैसियत कायम राख्ने बताए ।

बर्दिवास जस्ता सहरमा निजी विद्यालयहरू सक्रियतापूर्वक विद्यार्थीमैत्री शिक्षण अभियान अघि बढाउन थालेसँगै राजधानी धाउने प्रवृत्ति क्रमशः घट्दै गएको छ । यसले ग्रामीण–शहरी शिक्षा बीचको दूरी घटाउने मात्र होइन, स्थानीय आर्थिक र सामाजिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

ग्लोबल एकेडेमीको स्वागत कार्यक्रममा प्रस्तुत गरिएको सांस्कृतिक प्रस्तुति र विद्यार्थीहरूको सहभागिताले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो । 

ताजा खबर

सम्बन्धित खबर