रौतहट : रौतहटको यमुनामाई गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ग्रामिण विकास केन्द्र नेपाल र कतार च्यारिटीको सहयोगमा यमुनामाई गाउँपालिका वडा नं. ३ राजपुर तुलसीमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट ३८० जना भन्दा धेरैले लाभ लिएको कार्यक्रम संयोजक भैरवलाल यादवले जानकारी दिए ।
शिविरमा १०३ जनाले युएसजी, १६ जनाले इसिजी र ६० जनाले ल्याब जाँचको सुविधा लिएको उनले जानकारी दिए ।
शिविरको उद्घाटन ग्रामीण विकास केन्द्र लौकाहाका अध्यक्ष पारस हुसैनले गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै अध्यक्ष हुसैनले ग्रामीण क्षेत्रमा अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा पुग्न नसकेको बताउँदै शिविरबाट पहुँच नपुगेका नागरिकहरूले लाभ लिएको बताए ।
उनले घर दैलोमा स्वास्थ्य सेवा हुनुपर्नेमा त्यसो हुन नसकेपनि शिविरको माध्यमले खासगरी महिला, दलित तथा अपाङ्गता भएकाहरूलाई लाभ पुगेको बताए ।