२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १७:०६
बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

काठमाडौं : बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् ।

बागमतीकाे छैटौं मुख्यमन्त्रीकाे रूपमा आज मंगलबार दिउँसाे नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले पद तथा गोपनियताको शपथ ग्रहण गराए । देवकाेटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

बानियाँको नेतृत्वमा ८ जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जसमा नेपाली कांग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुमा शिवराज अधिकारी मन्त्रालय पछि तोकिने र कृष्ण कुमार तामाङ खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय रहेका छन् ।

त्यसैगरी सत्ता साझेदार नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise