२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

ट्रकसहित गाँजा बरामद

shivam cement
मध्यान्ह
२०८२ असार २ गते १८:०७
ट्रकसहित गाँजा बरामद

धरान :  सशस्त्र प्रहरीले धरान उपमहानगरपालिकामा ठूलो परिणामको मालबाहक ट्रकसहित प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

धरान–१३ स्थित शिवधाराबाट सोमबार ट्रकसहित गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए । 

कोशी लोकमार्गमा रहेको शिवधारमा सशस्त्र प्रहरी बेस क्याम्प धरानबाट सशस्त्र प्रहरी उपरीक्षक सन्जीव पौडेल नेतृत्वको टोलीले धनकुटाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको मालबाहक ट्रक चेक गर्ने क्रममा  ठूलो परिणामको गाँजा बरामद गरेको हो ।

तस्करहरूले अदुवा र बन्दाकोपी ल्याउने बहानामा ट्रकमा गाँजा लोड गरी तस्करी गरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । उनले ट्रकमा लुकाई ल्याइएको ७० बोरा अर्थात् २ हजार १३० केजी गाँजा बरामद गरिएको बताए । त्यस्तै गाँजासँगै ३१ बोरा अदुवा र ६ बोरा बन्दाकोपी पनि बरामद गरिएको थापाले बताएका छन् । 

गाँजा तस्करी गर्ने ट्रकका चालक भने फरार रहेका छन् । ट्रकको कागजपत्रका आधारमा गाँजा तस्करी गर्नेहरूको पहिचान गर्न टोली परिचालन गरिएको थापाले बताए । बरामद गरिएको गाँजा सहितको ट्रक सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ । 
 
 

ADV

सम्बन्धित खबर

Advertise