२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

सर्लाहीका निलम्बित मेयर भरत थापा ५० लाख धरौटीमा रिहा

shivam cement
मध्यान्ह
२०८२ असार २ गते १७:५१
सर्लाहीका निलम्बित मेयर भरत थापा ५० लाख धरौटीमा रिहा

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा धरौटीमा रिहा भएका छन् । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख थापालाई धरौटीमा छाड्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । थापा ५० लाख धरौटी बुझाएर रिहा भएका छन् ।

उनीमाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बेचेको र वन ऐनको उल्लङ्घन गरेको आरोप छ । 

४७ लाख घन मिटरभन्दा बढी वन पैदावार हानि नोक्सानी गरेको अभियोग लागेका थापामाथि वन ऐनअनुसार १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसा बिगो दाबी गरिएको थियो ।

बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत थापा, उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीमाथि मुद्दा दाएर भएको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise