२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

आजबाट माओवादीले सदन अवरोध नगर्ने, रास्वपाको अडानप्रति विमति पनि नराख्ने

मध्यान्ह
२०८२ जेठ ३० गते १६:११
आजबाट माओवादीले सदन अवरोध नगर्ने, रास्वपाको अडानप्रति विमति पनि नराख्ने

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताएका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराए । लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् । शुक्रबारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले अवरोध नगर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरुको मुलभुत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरु केही समयका लागि विरोध गरेरै जानसक्ने बताए । 

उनले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ । हस्ताक्षर हुन्छ, हाउस खुल्छ । रास्वपासँग हाम्रो मुलभुत विषयमा केही फरक छैन । तर उहाँहरुका केही अडानका कारणले केही समय उहाँहरु आफ्नो ढंगले जानुहुन्छ । तर हाम्रो विमति र आरोप, प्रत्यारोप हुँदैन ।’

अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरुको विमति र आरोप नहुने स्पष्ट पारे ।   

ADV

सम्बन्धित खबर