२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

वीरगञ्जमा सवारी दुर्घटना, २ जनाको मृत्यु, एक घाइते

मध्यान्ह
२०८२ जेठ ३० गते १३:१७
वीरगञ्जमा सवारी दुर्घटना, २ जनाको मृत्यु, एक घाइते

पर्साः वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । 

‘बिग्रिएर सडकमै रोकिएको ट्रकसँगको ठक्करमा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ’, उनले भने ।  सो दुर्घटना शुक्रबार विहान ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षे रामाकान्त यादव र सोही ठाउँका  विजय यादव छन् भने सोही ठाउँका २२ वर्षे विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । 

ADV

सम्बन्धित खबर