२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

मध्यान्ह
२०८२ जेठ ३० गते १२:४७
संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

सुनसरीः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् ।  

आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए । ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने । 

 उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी पुगेका हुन् । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे । उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए ।  

ADV

सम्बन्धित खबर