२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न

मध्यान्ह
२०८२ जेठ २९ गते ०८:२२
४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न

म्याग्दी : मालिका गाउँपालिका-३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु. ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु. १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु. नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु. ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए । 

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुक्सीपार र डाँडा गाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् । ती योजनाहरूबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर