काठमाडौंः विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको हो ।
विपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए । सभामुखको पटक–पटकको आग्रहमा पनि नाराबाजी नरुकेपछि उनले बैठक बिहीबारसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन् ।