२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

अर्घाखाँचीमा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न नमुना अभ्यास

मध्यान्ह
२०८२ जेठ २७ गते २१:०४
अर्घाखाँचीमा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न नमुना अभ्यास

अर्घाखाँची : अर्घाखाँचीमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न विशेष नमुना अभ्यास सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको अगुवाइमा सन्धिखर्क नगरपालिका–२, चुत्राबेसी क्षेत्रमा सम्भावित दुर्घटनाको नमुना अभ्यास‘डेमो’ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार सवारीचाप, भिडभाड र चाडपर्वको समयमा हुने सम्भावित दुर्घटनालाई लक्षित गर्दै जनचेतनामूलक अभ्यास गरिएको हो । अभ्यासमा नेपाल प्रहरी, स्थानीय स्वास्थ्यकर्मी र बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो । 

कृत्रिम अभ्यासमा सवारी दुर्घटनामा यात्रु घाइते भएको दृश्य प्रस्तुत गरिनुका साथै घाइतेको उद्धार र प्राथमिक उपचारको कार्यसमेत देखाइएको थियो । सुरक्षाकर्मीहरूले स्टेचरको प्रयोग गरी घाइतेलाई सुरक्षित स्थानमा पु¥याउने अभ्यास गरेका थिए । 

मुख्य बजार क्षेत्र सन्धिखर्कदेखि भूमिकास्थान, मालारानी लगायतका क्षेत्रमा गरिएका यस्ता अभ्यासले जनचेतना फैलाउने र दुर्घटनापछि कसरी तत्काल उद्धार गर्ने भन्नेमा आमनागरिकमा जानकारी दिने उद्देश्यले नमुना अभ्यास संचालन गरिएको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोईरालाका अनुसार यस्ता अभ्यासले प्राकृतिक विपद्, चाडपर्व र अन्य आकस्मिक घटनामा हुन सक्ने क्षति न्यून पार्न सहयोग गर्नेछ । 

स्थानीय अशोक पौडेलका अनुसार अर्घाखाँचीमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाका घटनामा उल्लेख्य कमी आएको छ । यस्ता नमुना अभ्यासलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने उनले जोड दिए ।

ADV

सम्बन्धित खबर