२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

‘शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन सकेन’

मध्यान्ह
२०८२ जेठ २७ गते १९:०३
‘शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन सकेन’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमान्दारीपूर्वक लग्न आग्रह गरेका छन् । मंगलबार राजर्षि जनक विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। 

उनले शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउँमा आइपुगेको बताए । शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ छ । 

उनले भने, ‘यतिबेला बल्ल एउटा विश्वविद्यालय स्थापना भयो । र आज पहिलो  दिक्षान्त समारोह हामी गर्दैछौं । शक्ति युगमा यहाँ विद्वताको छलफल हुन्थ्यो, ज्ञानको छलफल हुन्थ्यो र दर्शनको छलफल हुन्थ्यो । आज हामी चार हजार वर्षपछि फेरि त्यस ठाउँतिर फर्केर आइपुगेका छौँ । त्यो शासकीय स्वार्थपन र अव्यवस्थाका कारणले, कुव्यवस्थाका कारणले त्यस्तो भयो । अब लोकतन्त्रमा  वास्तविक लोकतन्त्रको अभ्यास गरेर हामी यसलाई अगाडि बढाउनुपर्छ ।’

वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर