२०८२ जेठ २७ गते मङ्गलवार / Jun 10 , 2025 , Tuesday
२०८२ जेठ २७ गते मङ्गलवार
Ads

बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा

मध्यान्ह
२०८२ जेठ २७ गते ०८:३०
बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित खोप नगर स्तरीय समन्वय समितिले पुर्चौडीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो ।

पाँच वर्षमुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाएको यकिन भइसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

यसअघि नगरका १० वटै वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो । बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको छ ।

नगरले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरेको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । उनका अनुसार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै २० जनालाई सम्मान गरिएको हो । 

नगरले पूर्ण खोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खोप पाए/नपाएको यकिन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ । छुटेका भए उनीहरूलाई खोपको दायरमा ल्याएपछि मात्रै पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने प्रावधान रहेको छ । 

ADV

सम्बन्धित खबर