काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले स्थानीय तह, प्रदेश सरकारलाई संविधानले धेरै अधिकार दिएपनि प्रयोग गर्न चुकिरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित संघीयतामा बजेटसम्बन्धी कार्यक्रममा उनले मुलुकको आवश्यकता पूरा गर्न तीन तहका सरकार बनेको बताउँदै प्रदेश, स्थानीय तहले आफ्नो अधिकार बुझेर सक्षम हुनतर्फ लाग्नुपर्ने बताएका हुन् ।
उनले केन्द्रतर्फ मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । समिति सभापति चालिसेले जताततै देखिएको निराशालाई सम्बोधन गर्न संविधानले दिएको अधिकारलाई उनीहरुले प्रयोग गरेर काम गर्नुपर्ने बताए ।
भारतमा प्रदेश सरकारले संघीय सरकारलाई सहयोग गर्ने सामर्थ्य राख्ने गरेको बताउँदै उनले त्यो हैसियतामा हाम्रो तल्लो तहका सरकार पुग्नेगरी अघि बढ्नुपर्ने बताए । उनकाअनुसार संघले प्रदेश, स्थानीय तहलाई पाल्नसक्ने अवस्था छैन ।
उनका अनुसार अब स्थानीय तह, प्रदेश केन्द्रमै निर्भर नभइ प्रत्येक वर्ष सक्षम हुनेतर्फ अग्रसर हुनुपर्छ ।