२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

मरिणले पायो उत्कृष्ट गाउँपालिका पुरस्कार

मध्यान्ह
२०८२ जेठ २४ गते १८:०२
मरिणले पायो उत्कृष्ट गाउँपालिका पुरस्कार

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पीएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानित भएको छ । 

पीएएनले प्रत्येक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तर्गत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको हो । 

पोखरामा आयोजित पीएएनको दोस्रो राष्ट्रिय सम्मेलनमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ प्रदान गरिएको हो ।

प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार देशभरका गाउँपालिकाहरूको मूल्यांकनमा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा छनोट भएको थियो ।

प्राध्यापक डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्यांकन समितिले विभिन्न २५ वटा शैक्षिक मापदण्डका सूचकहरूका आधारमा गरेको मूल्यांकनमा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकामा छनोट भएको थियो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर