२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

चिनिया सांस्कृतिक टोलीद्धारा काठमाडौँमा 'नेपाल-डोलमालिङ कुचिङ कन्सर्ट' आयोजना

मध्यान्ह
२०८२ जेठ २४ गते १६:५४
चिनिया सांस्कृतिक टोलीद्धारा काठमाडौँमा 'नेपाल-डोलमालिङ कुचिङ कन्सर्ट' आयोजना

काठमाडौँ । नेपाल आइपुगका चिनिया कलाकारहरूको एक समूहले काठमाडौँमा “नेपाल-डोलमालिङ कुचिङ कन्सर्टमा प्रस्तुति दिएका छन् । काठमाडौँको बौद्धस्थित डोलमालिङ होटलमा शुक्रबार साँझ आयोजित सांस्कृतिक प्रस्तुति (कन्सर्ट) मा ६ जना चिनिया कलाकारहरूले प्रस्तुति  दिएका हुन्  । 

नेपाल गोवाङ इन्टरनेश्नल ट्राभल एजेन्सीको संयोजनमा आयोजित कन्सर्टमा चिनियाँ परम्परागत सांस्कृतिक प्रस्तुति दिइएको थियो ।
सांस्कृतिक प्रस्तुति दिनका लागि चिनबाट झाउ तेन्जिङ, चाउ लिझिङ, देङ लिझु, मा माहिल, झाउ मान्चुन र पिङ जीलगायतको टोली नेपाल आएको हो ।

नेपाल- चिनबीच सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले नेपाल आएको टोलीले जनस्तरमा सम्बन्ध विस्तार गर्न बल पुग्ने विश्वास लिएको छ । टोलीले चीनसहित विश्वका बिभिन्न देशमा गएर चिनियाँ परम्परागत सांस्कृतिक कुचिङ प्रस्तुत गदै आएको छ । 

सांस्कृतिक टोलीको नेतृत्व गदै नेपाल आएका चिनीयाँ कलाकार झाउ तेन्जिङले चिनिया परम्परागत संस्कृति झल्काउने किचिङबाट दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कुचिङ बाजा तीन हजार वर्षदेखि चिनियाँहरूले बजाँउदै आएको एक परम्परागत बाजा हो । 'कुचिङ' अर्थात् साततारे बाजा हो । अहिले चीनको यस परम्परागत बाजालाई “कुचिङ” भनिन्छ । कु छिन्को मधुर आवाज, शान्त तथा रमणीय धुन छ । यसको नामलाई अंग्रेजीमा Guqin लेखिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर