२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

राजपुरको मुस्लिम समुदायले मनायो ईदुल अदहा 

मध्यान्ह
२०८२ जेठ २४ गते १४:०८
राजपुरको मुस्लिम समुदायले मनायो ईदुल अदहा 

रौतहटः रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर–३ को मुस्लिम समुदायले इस्लाम धर्मको एक महत्वपूर्ण चाड ईदुल अदहा (बकर ईद) धार्मिक श्रद्धा र उत्साहका साथ मनाएको छ ।

ईदुल अदहाको अवसरमा स्थानीय मुस्लिम समुदायका नागरिकहरू बिहानै नजिकको मस्जिदमा भेला इई विशेष भए नमाज पढेका थिए। नमाज पछि परम्पराअनुसार बाख्रा, राँगा लगायतका जनावरहरूको धर्मसम्मत तरिकाले बलि दिइएको थियो।

बलि दिइएको मासु तीन भागमा बाँड्ने इस्लामीहरुको प्रचलन छ । जसको एक भाग आफन्तहरूलाई, एक भाग विपन्न तथा गरीबहरूलाई र एक भाग आफ्नै परिवारका लागि राखिने मौलाना मोहम्मद जाकिर हुसैनले बताए ।

उनले समुदायमा आपसी सद्भाव, सहयोग र धार्मिक सहिष्णुता झल्किने गरी चाड मनाइएको बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर