२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

मध्यान्ह
२०८२ जेठ २४ गते ०९:४५
वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका हुन् । ‘वर्षायाममा बाढी–पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौँ, सुरक्षित रहौँ ।’ 

ADV

सम्बन्धित खबर